समुदायका महिला लक्षित दुई दिने कानून तालिम सम्पन्न

समुदायका महिला लक्षित दुई दिने कानून तालिम सम्पन्न

धनगढी समुदाका महिलालाई लक्षित गरेर आयोजना गरिएको कानूनी साक्षरता सम्बन्धी २ दिने तालिम अत्तरियामा सम्पन्न भएको छ ।

दलित महिला संघ (फेडो)को आयोजनामा सञ्चालन भएको तालिममा देशको विद्यमान कानून, संवैधानिक व्यवस्था र न्यायीक प्रक्रियाकाबारेमा सहभागिलाई जानकारी गराइएको थियो ।

तालिम समापन गर्दै गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य इश्वरी आचार्यले सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् । पछिल्लो समय सरकारी तथा गैर सरकारी क्षेत्रबाट धेरै तालिमको आयोजना हुनेगरेकोमा तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न नसकेको बताउँदै उनले सीकेका कुरा समुदायमा बाँड्न आग्रह गरिन् ।

आफुहरु सरकारी तथा गैर सरकारी निकायले प्रदान गरेको तालिमका माध्यामबाट सिकदै नेतृत्व सम्म आइपुगेको बताउँदै कार्यपालिका सदस्य आचार्यले तालिम पाएका महिलालाई समाजको नेतृत्व गर्न अग्रह हुन समेत आग्रह गरिन् ।

गोदावरी नगरपालिका२ की वडा सदस्य संगिता विकले पनि विभिन्न संघ संस्थाले दिएको तालिमका कारण आफु राजनीतिमा लागेको बताइन् । सुरुमा मलाई बोल्न समेत डर लाग्ने गर्दथ्योे उनले भनिन्–‘तर तालिम पाएपछि मेरो क्षमता विकास भयो, जसका कारण आज म राजनीति गर्न सकिरहेकीछु । उनले फेडाद्वारा प्रदान गरिदैआएको नेतृत्व विकास तालिमले आफुलाई बढी सहज भएको बताइन् ।

तालिममा सहभागि कमला नेपालीले पनि फेडोका कारण आफु सामाजिक काममा सहभागि हुनसकेको बताइन् । मलाई घर बाहिर बोल्न समेत अप्ठ्यारो लाग्ने गर्दथ्यो उनले भनिन्–‘फेडोसंग आबद्ध भएपछि धेरै कुरा सिकने मौका पाए, अहिले सामाजिक सेवामा काम गर्दैआएकिछु ।

दलित महिला संघ फेडोकी अध्यक्ष शविना सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव अम्बिका ताम्राकारले गरिन् ।