धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कार्कीको उपचारका लागि बजार बिक्री प्रतिनिधि संघद्धारा १ लाख ११ हजार सहयोग

कार्कीको उपचारका लागि बजार बिक्री प्रतिनिधि संघद्धारा १ लाख ११ हजार सहयोग

धनगढी । नेपाल  बजार बिक्री  प्रतिनिधि संघ सुदुरपश्चिम समितिले दुर्घटनामा घाइते भएका गोर्खा लहरी प्रा लिका कर्मचारी बहादुर सिंह कार्कीको उपचारार्थ एक लाख ११ हजार नौ शय प्रदान गरेको छ । 

संघका सदस्य रहेका कार्कीको उपचारमा सहयोगका लागि सदस्यहरुबाट रकम संकलन  गरेर  उनको परिवारलाई प्रदान गरिएको  संघका केन्द्रिय सदस्य डम्मर बहादुर ठकुल्लाले बताए ।

संघले संकलन गरेको रकम कार्कीकी श्रीमती रेनुका कार्कीलाई संघका केन्द्रिय उपाध्यक्ष ध्रुव सिंह कार्की र कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा  घाइते भएका कार्कीको निसर्ग हस्पिटल धनगढीमा उपचार भैरहेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा  न्यु पदम शपिङ सेन्टरका सञ्चालक पदम राज भट्ट, बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय सदस्य जनक ढकाल, डम्मर ठकुल्लाको सहभागिता रहेको  थियो । उक्त कार्यक्रमको सञ्चालन संघका अर्थ सचिव धरम सिंह धामीले गरेका थिए ।


ट्रेन्डिङ