धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
डडेल्धुरा कांग्रेस विबाद

अबैधानिक रुपमा गरिएको अधिवेसन मान्दैनौं, न्याएका लागि अदालत जान्छौं : मल्ल

अबैधानिक रुपमा गरिएको अधिवेसन मान्दैनौं, न्याएका लागि अदालत जान्छौं  : मल्ल

धनगढी । डडेल्धुरामा एकपक्षियरुपमा अवैध तरिकाले वडा अधिवेसन गराएको भन्दै जिल्ला सभापति कर्णा मल्ले त्यसका विरुद्ध अदालत जाने बताएका छन् ।

उनले सुरक्षाकर्मीको बलमा विधि, पद्धति मिचेर अधिवेसन गराएको आरोप लगाएका छन् । ‘पार्टीलाई मिलाएर जानुको सट्टा केन्द्रिय सभापतिले सुरक्षाकर्मी परिचालन गर्दै बलपुर्वक एकतर्फि अधिवेसन गराउनुभएकोछ,’ उनले भने, ‘त्यसका विरुद्ध हामी न्यायको लडाइ लड्नेछौं ।’ उनले केन्द्रको बलमा गरिएको एकपक्षिय अधिवेसन मान्य नहुने समेत बताए ।

उनले ९ जिल्लाका सुरक्षकर्मी बोलाएर अवैध रुपमा अधिवेशन सम्पन्न गरिएको बताउँदै त्यसको वैधतामाथि प्रश्न खडा भएको बताए । डडेल्धुरा जिल्ला कमिटिबाट सिफारिष गरेर पठाइएका क्रियाशिल सदस्यको नाम हटाएर केन्द्रबाट नयाँ सदस्य थपिएको भन्दै सभापति मल्ल समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

सोही विवादका कारण २५ गते तय भएको अधिवेशन जिल्ला सभापतिले विज्ञप्ती जारी गर्दै स्थगित भएको बताएका थिए । निर्वाचन समितिले भने निर्धारित समयमै अधिवेशन सुरु गरेको थियो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ ।

४८ मध्ये अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए । उनका अनुसार जिल्लाको अजयमेरु गाउँपालिका–३अमरगढी नगरपालिका–८ र नवदुर्गा गाउँपालिका–५ मा वडा अधिवेशन हुन बाँकी छ । बाँकी रहेका स्थानमा शनिबारनै अधिवेसन गर्ने तयारी गरिएको उनले बताए ।


ट्रेन्डिङ