धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जबरजस्ती करणीमा दोषी ठहरिएपछि फरार रहेका दुई जना पक्राउ

जबरजस्ती करणीमा दोषी ठहरिएपछि फरार रहेका दुई जना पक्राउ

धनगढी । जबरजस्ती करणी मुद्धामा कैलाली जिल्ला अदालतले  कैद सजाय तोकेपछि फरार  भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको  कैलारी गाउँपालिका वडा नम्बर १ का बिनोद चौधरी र बर्दगोरिया गाउँपालिका वडा नम्बर  ६ (साविक कोटातुल्सीपुर गाविस वडा नम्बर ४ ) का २२ बर्षीय  अशोक चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार  पक्राउ परेका बिनोदलाई कैलाली जिल्ला अदालतले ३ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । उनी २०७५ भदौदेखि फरार रहेका थिए ।

 त्यस्तै  पक्राउ परेका अशोकलाई जबरजस्ती करणीको कसूरमा कैलाली जिल्ला अदालतले ३ बर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ बाट फरार रहेका थिए ।


ट्रेन्डिङ