धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ट्याक्टर दुर्घटनामा एमाले बैतडीका अध्यक्षका छोराको मृत्यु

ट्याक्टर दुर्घटनामा एमाले बैतडीका अध्यक्षका छोराको मृत्यु

बैतडी ।  बैतडीमा मंगलबार राति ट्याक्टर  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा भएको दुर्घटना  डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका २३ बर्षिय योगेश पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष रहेका सुरेन्द्र पालका छोरा हुन् ।  

 गोकुलेश्वरबबाट सतंबाज जादै गरेको ट्याक्टर करिब साढे १२ बजे दुर्घटना भएको हो । आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोध राज ओझाले बताए ।

यस्तै दुर्घटनामा परी घाईते हुनेमा सोही ठाउँका रुपेश कोली रहेका छन । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रवक्ता ओझाले बताए ।


ट्रेन्डिङ