धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अबरुद्ध केआईसिंह राजमार्ग आज देखी सुचारु हुन सक्ने

अबरुद्ध केआईसिंह राजमार्ग आज देखी सुचारु हुन सक्ने

धनगढी । लगातारको बर्षा पछि पहिरो गएर बअरुद्ध बनेको डडेल्धुरा, डोटी सडक खण्ड अन्तरगत रडुवा खोलामा आज वेलुका देखी यातायात सञ्चालन गर्ने तयारीका साथ काम अघि बढाइएको छ ।

बर्षा पछि पहिरो खस्दा डडेल्धुराको रडुवा खोला सडक खण्ड भाँसिएको थियो । भाँसिएको सडक खण्डमा नयाँ ट्रयाक निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग आज साँझ देखि सुचारु हुने सम्भावना बढेको छ ।  केआई मार्गको मर्मत संभार तिब्र पारिए सगै सोमबार (आज) साँझ सम्म सुचारु हुने सम्भावना बढेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए ।

‘सडक मर्मतको कार्य जारी छ,’ प्रजिअ जोशीले भने,‘सडकको माथिबाट थप पहिरो नखसेमा आज वेलुका सम्म एक तर्फि बाटो खुल्न सक्दछ ।’ स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै मर्मत संभारमा अवरोध गरेका थिए ।

स्थानीय बासिन्दाको अवरोधका कारण बाटो मर्मत सम्भार गर्न नसकिएको केआईसिंह मार्गको गन्यापधुराको रडुवाखोला–गजरौला खण्ड प्रमुख जिल्ला अधिकारी मोहन जोशीको पहलमा सनिबारदेखि मर्मत संभार शुरु भएको थियो । रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ ।


ट्रेन्डिङ