धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

झण्डै ५० हजार नगद सहित १४ जना जुवाडे पक्राऊ

झण्डै ५० हजार नगद सहित १४ जना जुवाडे पक्राऊ

धनगढी । धनगढीबाट करिव ५० हजार नगद सहित १४ वुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका–७ स्थित कुल बहादुर चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा नगद सहित जुवाडे पक्राउ परेका हुन् । जुवा खलबाट १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा बेलीका ३० वर्षीय ईश्वर चौधरी, ३३ वर्षीय प्रेम चौधरी, ३५ वर्षीय राम निवास चौधरी, ३० वर्षीय अम्मर राना, २८ वर्षीय दिनेश राना, ३१ वर्षीय लाल चौधरी, ४० वर्षीय कृष्ण प्रसाद पाण्डे, २१ वर्षीय रमेश खाती क्षेत्री रहेका छन् ।

त्यस्तै, सोही ठाउँका ३२ वर्षीय माया राम चौधरी, ४३ वर्षीय हरी चन्द, ३४ वर्षीय नरेश चौधरी, २८ वर्षीय आदेश चौधरी, ३१ वर्षीय कुल चौधरी र भारत घर भई बेली बस्दै आएका २४ वर्षीय अस्पाक खान रहेका प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ