धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिम प्रदेश प्रमुख जोशीले लिए शपथ

सुदुरपश्चिम प्रदेश प्रमुख जोशीले लिए शपथ

धनगढी  । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराजजोशीले आज (बिहीबार) सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोही अवसरमा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियारले समेत पद तथा गोपनियताको सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २३ गते प्रदेश १ को प्रदेश प्रमुखमा खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा जोशीलाई नियुक्त गरेकी थिइन् ।


ट्रेन्डिङ