धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीको क्षेत्र नम्बर ४ का तीन पालिकामा भाट र बम/जोशी पक्ष प्रतिस्पर्धा गर्दै

कैलालीको क्षेत्र नम्बर ४ का तीन पालिकामा भाट र बम/जोशी पक्ष प्रतिस्पर्धा गर्दै

धनगढी । कैलालीको संघीय निर्वाचन क्षेत्र नम्बर ४ का तीन पालिकामा आज (मंगलबार) भैरहेको नेपाली कांग्रेसका नगर अधिवेशनमा दुई समुह प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकामा दीर्घराज भाट पक्ष र  कैलाली कांग्रेसका उपसभापति एवम अध्यक्षका दावेदार प्रकाश बम र क्षेत्रीय सभापति दिनेश जोशीको पक्षले प्यानल नै उतारेका छन् ।

गोदावरी नगरपालिकामा भाट पक्षले बीर बहादुर चोखालको नेतृत्वमा टीम मैदानमा उतारेको छ भने भाट र जोशी पक्षले बिष्णु बडैलाको नेतृत्वमा टीम नै मैदानमा उतारेको छ ।

त्यस्तै, गौरीगंगा नगरपालिकामा भाटर पक्षबाट मोहन साउदको नेतृत्वमा र बम र जोशी पक्षबाट पहल बिक्रम चन्दको नेतृत्वको टीम नगर कमिटीका लागि प्रतिस्पर्धा गरिरहेको छ ।

कांग्रेसको वाड अधिवेशनबाट नै  समुह बनाएर प्रतिस्पर्धा गरिरहेका भाट पक्ष र बम र जोशी पक्ष नगरको निर्वाचनमा पनि समुहमा नै प्रतिस्पर्धा गरिरहेका छन् । 


ट्रेन्डिङ