धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाली कांग्रेस लम्कीचुहाका निर्वाचन अधिकृत शाही सम्पर्कबिहीन

नेपाली कांग्रेस लम्कीचुहाका  निर्वाचन अधिकृत शाही सम्पर्कबिहीन

लम्की  ।  साझपख मतदान गर्ने कि नगर्ने भन्ने बिबाद भैरहेको बेला नेपाली कांग्रेस लम्कीचुहाका नगरपालिका निर्बाचन अधिकृत गजेन्द्र शाही मंगलबार साझ सम्पर्क बिहीन भएका छन्  । मतदानका लागि  तयारी भैरहेको बेला निर्बाचन अधिकृत शाही  निर्बाचन मण्डलका अन्य सदस्यलाई जानकारी नदिई साझ छ बजेतिर सम्पर्क विहिन भएका हुन् ।

लम्की चुहा नगरपालिकामा साझ पाँैने पाच बजे मतदान हुने कार्यतालिका रहेको थियो । तर तयारी नपुगेपछि छ बजेसम्म पनि  मतदान शुरु हुन सकेको थिएन ।

 केही मतपत्र छपाएर सवा ६ बजे मतदान स्थलमा पुगे पनि अधिकृतको हस्ताक्षर भने हुन सकेको थिएन । सोही क्रममा मतदान अधिकृत मतदानको समय तालिका र निर्बाचन मण्डलको निर्णय भएको रजिष्टर र मतपत्र आफ्नो झोलामा हालेर बाहिर निस्केको निर्बाचन मण्डलका सदस्य दिपा बुढाले बताइन् ।

मोहनसिंह राठौर पक्षले ढिलो भए पनि आज नै  निर्बाचन गराउनु पर्ने भनेर दवाव दिई रहेको थियो ।  उता कमल बहादुर शाह पक्षले निर्बाचन गर्न ढीलाई भइसकेकाले भोलि (बुधबार ) विहानका लागि कार्यतालिका परिमार्जन गर्न निर्बाचन समितिलाई सुझाव दिई रहेको थियो ।

साझ ७ बजेपछि निर्वाचन अधिकृत शाहीको मोबाइल स्वीचअफ गरिएको छ । प्रहरीले समेत शाहीको खोजि गरी रहेको छ ।


ट्रेन्डिङ