धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मंसिर ११ गते माओवादीको धनगढी नगर अधिवेसन

मंसिर ११ गते माओवादीको धनगढी नगर अधिवेसन

धनगढी  ।  नेकपा माओबादी केन्द्रले यही मंसिर ११ गते धनगढी नगर अधिवेसन गर्ने निर्णय गरेको छ ।

आइतबार माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रमेश धामिको प्रमुख आतिथ्यतामा बसेको धनगढी नगर कमिटि वैठकले मंसिर ११ गते नगर अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन सम्पन्न माओबादी केन्द्रले विभिन्न ६ वटा उप–समिति गठन गरेको छ ।

केन्द्रले आर्थिक उप–समिति सयोजकको जिम्मेवारी निर्मल शाहलाई दिएको छ ।

यसैगरी प्रचार तथा प्रसार उप समितिको जिम्मेवारी रमेश भट्टराई, मन्च व्यवस्थापन उप–समिति सयोजकको जिम्मेवारी रमेश भट्टराई, प्रतिबेदन लेखन उप समितिको जिम्मेवारी सयोजकमा निर्मल शाह र स्वमसेबक उप–समिति सयोजकको जिम्मेवारी सुरज खातीलाई दिएकोहो । अधिवेसनमा आयोजक, प्रतिनिधि, प्रर्यवेछ्क  गरि ५ सय जना सहभागी गर्ने लक्ष्य लिइएको छ ।

 


ट्रेन्डिङ