धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कन्चनपुर १ मा बिष्ट पक्षका उपाध्याय सभापतिमा टीम सहित बिजयी

कन्चनपुर १ मा बिष्ट पक्षका उपाध्याय सभापतिमा टीम सहित बिजयी
गोपी प्रसाद उपाध्याय

धनगढी । नेपाली काँंग्रेस कन्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा दिवान सिंह बिष्ट पक्षका उम्मेदवार गोपी प्रसाद उपाध्याय टीम सहित एकलौटी रुपमा बिजयी भएका छन् ।

कन्चनपुर १ निर्वाचन क्षेत्रको कार्यसमितिमा रमेश लेखक पक्षीय उम्मेदवारहरु क्लीन स्वीप भएका छन् ।

एनपी साउदको समर्थन रहेको उक्त टीमका उपाध्याय प्रतिद्धन्दी हरिचन्द्र ठकुरीलाई पराजित गर्दै सभापतिमा बिजयी भएका हुन् ।

सभापतिमा उपाध्यायले २ शय ६७ र उनका प्रतिद्दन्दी हरि चन्द्र ठकुरीले २ शय २९ मत प्राप्त गरेका छन् ।

सचिव पदमा दिवान प्यानलका विश्राम राना ३४७ र पदम रोकाया २७३ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्द्वी लेखक प्यानलका एक मात्र सचिव अदका उम्मेदवार हरिप्रसाद भट्ट २२१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सह सचिवमा सुरेन्द्र राना २७० , हर्कबहादुर बिष्ट २६० मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलबाट सहसचिवमा उम्मेदवार बनेका तिर्थराज उपाध्यायले २१४ मत प्राप्त गरेका थिए ।

सोमबार सम्पन्न निर्वाचनमा जम्मा मत ५३४ रहेको ५२२ खसेको थियो ।


ट्रेन्डिङ