धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडी कांग्रेस सभापतिमा संस्थापन इतरका चन्द प्यानल सहित बिजयी

बैतडी कांग्रेस सभापतिमा संस्थापन इतरका चन्द प्यानल सहित बिजयी

धनगढी ।  नेपाली काँग्रेस बैतडी जिल्ला कार्य समितिको सभापतिमा  संस्थापन इतर समुहका चतुर बहादुर चन्द प्यानल सहित विजयी भएका छन् । प्रतिद्धन्दी शिवराज भट्टलाई ३ शय २० मतले  पराजित गर्दै चन्द सभापतिमा बिजयी भएका हुन् ।

सभापतिमा  चन्दले ८ सय ९ मत र प्रतिद्वन्द्वीे भट्टले ४ सय ८९ मत प्राप्त गरेका छन्

उपसभापतिमा वीर बहादुर बिष्ट बाहेकका कार्यसमितिका सबै पदाधिकारी र सदस्य चन्द समुहका नै  बिजयी भएका हुन् । उपसभापतिमा बिष्ट र  खगेन्द्रसिंह धामी, सचिवमा प्रेम बहादुर चन्द र देवराज जोशी विजयी भएका छन्

 त्यस्तै सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन् ।


ट्रेन्डिङ