धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीमा सभापतिका लागि पुनः मतदान हुने, सभापति देउवा प्रतिस्पर्धाबाट बाहिरिए

डोटीमा सभापतिका लागि पुनः मतदान हुने, सभापति देउवा प्रतिस्पर्धाबाट बाहिरिए

धनगढी  । कसैले पनि ५० प्रतिशत मत  पाउन नसकेपछि डोटी काँग्रेसको सभापतिका लागि दोस्रो चरणको  मतदान हुने भएको छ । बर्तमान पार्टी सभापति प्रदिप देउवा पहिलो चरणबाट नै बाहिरिएका छन् ।

 दोश्रो चरणको मतदानमा  सभापतिका लागि पहिलो चरणमा सवाधिक मत ल्याउने नरेन्द्र बहादुर सिंह र भुमिराज बडूबीच प्रतिस्पर्धा हुनेछ ।

 पहिलो चरणको मतदानमा  नरेन्द्रबहादुर सिंहले ३ शय ५८, भूमिराज बडूले ३ शय ४२, प्रदीप कुमार देउवाले  २ शय १४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाएका छन् ।

मतदानमा १ शजार ८५ मत खसेको थियो । पहिलो चरणबाट बाहिरिएका उम्मेदवारहरुले कसलाई सहयोग गर्छ भन्ने कुराले अबको उम्मेदवारको जीत सहज बनाउनेछ ।


ट्रेन्डिङ