धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

बैतडीको पाटन १२ बजे सम्म मात्रै खुला

धनगढी

  कोरोना भाइरस संक्रमित मानिसहरु बढ्दै गएपछि गरिएको सिलको अवधि सकिएपछि बैतडीको पाटन नगरपालिकाले दिउँसो १२ बजेसम्म बजार खोल्न दिने निर्णय गरेको छ ।

    ‘बिहान ५ बजेदेखि १२ बजेसम्म बजार खोल्न दिने निर्णय गरेका छौं । पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले भने – ‘सिलको अवधि भन्दा अलि खुकुलो बनाएका छौं ।उनले अर्को सूचना नआउन्जेल सम्म ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै पाटन नगरपालिकामा बजार खुला हुने बताए ।

कोरोना महामारी नियन्त्रणको लागि नगरले यस्तो निर्णय गरेको मेयर चन्दले बताए । कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले असार ८ गतेदेखि पाटन क्षत्रमा पर्ने पाटन, खोडपे, ठाँड मानिकाखान लगायतका सबै बजार क्षेत्रलाई सील गरेको थियो ।