धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भजनीबाट खैरो हिरोइन सहित २ जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकाबाट खैरो हिरोइन र नाइटाभेट सहित सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ ।

भजनी नगरपालिका वडा नम्बर  कुसुमघाटबाट लु. ८१ प. ५००३ नम्बरको मोटरसाइकलमा रहेका दुई  जनालाई खैरो हिराइन २ ग्राम ७  शय ६० मिलिग्राम खैरो हिरोइन र नाइटाभेट सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ  पर्नेमा बर्दगोरिया गाउपालिका वडा नम्बर १ बौनियाका २० बर्षीय साहिल ठाकुर  र सुर्खेत चौकुने गाउपालिका ४ बिजौराका २१ बर्षीय  रमेश बुढाक्षेत्री रहेका छन् ।


ट्रेन्डिङ