धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

युवाहरु माझ लोकप्रिय भट्ट काँग्रेस प्रदेश सहमहामन्त्रीका उम्मेदवार

युवाहरु माझ लोकप्रिय भट्ट काँग्रेस प्रदेश सहमहामन्त्रीका उम्मेदवार

धनगढी नेपाल बिद्यार्थी सँघबाट राजनीतमा सक्रिय बनेका नरेन्द्र भट्ट नेपाली काँग्रेस सुदुरपश्चिम सहमहामन्त्रीमा उम्मेदवार बनेका छन्   बिहीबावर धनगढीमा शुरु भएको अधिवेशनमा २०४८ देखि नेविसकंघमा सक्रिय  रहेका  महाधिवेशन प्रतिनिधि भट्ट  नारायण दत्त मिश्रको टीमबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका हुन्

काँग्रेसलाई संगठित बनाएर लैजान युवाहरु माझ फैलाउन आफु सहमहामन्त्रीको उम्मेदवार बनेको भट्ट बताउँछन्  

युवाहरुका माझ लिोकप्रिय रहेका भट्ट नेविसंघ बैतडीको जिल्ला अध्यक्ष, नेविसंघ कैलाली बहुमुखी क्याम्पसको सचिव, नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको कीर्तिपुरको सचिव उपसभापति भैसकेका छन्

   दोस्रो जनआन्दोलनमा ४५ दिन जेल बसेका भ्ट सुशील कोइरालाको कार्यकालमा नेपाली काङ्ग्रेस केन्द्रीय विद्यार्थी विभागको सदस्य रहिसकेका भट्टको शहिद पुत्र खण्डकाब्य  पत्रपत्रिकामा लेखहरू प्रकाशित छन् ।।