धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदै

काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदै

धनगढी। नेपाली कांग्रेसको १४ औं महााधिवेसन अन्तरगत पहिलो पटक भइरहेको प्रदेश अधिवेसनबाट कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

कार्यसमिति चयनका लागि बिहान १० बजे खेखी मतदान सुरु भएको निर्वाचन अधिकृत अधिबक्ता बिरबहादुर जेठाराले बताए ।  प्रदेश कार्यसमिति चयनका लागि संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिम सहित चुनावमा होमिएका छन्, भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिम सहति चुनाव लडिरहेका छन् ।

संस्थापन पक्षबाट प्रदेश उप–सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह–महामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै संस्थापन इतर पक्षबाट उप–सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह–महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

निर्वाचनबाट  १ सभापति, २ जना उप–सभापति,  एक महिला सहित ३ जना महाँमन्त्री चयन गर्ने छ । यसैगरी सदस्य खुला तर्फ तीन महिला सहित ११ जना, भूगोल तर्फ त्यत्यक जिल्लाबाट एक मसिहला सहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट १ महिला सहित तीन जना, मधेसी कोटाबाट १ जना, थारु कोटाबाट १ महिला र २ खुलागरी ३ जना, मुस्लिमबाट १ जना, अपाङ्गता भएका १ जना सहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् । अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट साढे नौ सय प्रतिनिधि सहभागी छन् ।


ट्रेन्डिङ