धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

चल्दै गरेको ट्रकमा आगलागि

चल्दै गरेको ट्रकमा आगलागि

धनगढी । दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागि भएको छ ।

कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको  । आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागिका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षेति भएको छैन ।’ ट्रकको पछाडीको टाएरमा आगलागि भएको उनले बताए ।


ट्रेन्डिङ