धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीका पत्रकार विष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

बैतडीका पत्रकार विष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

बैतडीमा लामो समयदेखि क्रियाशिल  पत्रकार विनोद सिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित  भएका छन् । राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुरयाएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।

 विष्टलाई आज  (आइतबार) सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुरयाएको भन्दै मन्त्रीस्तरबाट निर्णय भए बमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।

 बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् ।

उक्त पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको बताउदै सम्मानित भएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन जिम्मेवारी पनि बढाएको बताए । सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जनालाई सम्मान गरेको छ ।


ट्रेन्डिङ