धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

स्वास्थ्य सेवा सुदृढ गर्न रिकभरद्धारा तालिम सँचालन

स्वास्थ्य सेवा सुदृढ गर्न रिकभरद्धारा तालिम सँचालन

धनगढी ।  ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) कैलालीको आयोजनामा कैलारी गाउपालिकामा स्वास्थ्य सेवा सुदृढ बनाउन  क्षमता बिकास र सचेतनाका तालिमहरु सँचालन भएका छन् ।

कोभिड–१९ रोकथाम, पहिचान, व्यवस्थापन र उपचारका विषयमा  कैलारी गाउकपालिकाका दस्वास्थ्यकर्मीहरुका लागि तालि मा सँचालन गरिएको छ । लुथरन वल्र्ड रिलिफको आर्थिक तथा प्राविधिक सहयोगमा  बेस कैलालीद्धारा संचालित  कोभिड १९ बाट  प्रभावित  समुदायहरुको पुनरोत्थान (रिकभर) परियोजना  अन्तर्गत दुई दिन संचालन गरिएको तालिममा  ४८ जनाको सहभागिता रहेको थियो ।

त्यस्तै स्वास्थ्य संस्थाहरुले प्रदान गर्दै आएका सेवाहरुको  माग सिर्जना गर्न समुदायलाई जानकार गराउने उदेश्यले कैलारी गाउपालिकाका  नौ वटै वडामा समुदयासँग अभिमुखीकरण  कार्यक्रम सचलन गरिएको छ । स्वास्थ्य संस्थामा उपलव्ध सेवाहरूका सम्वन्धमा समुदायलाई जानकारी भएमा स्वास्थ्य संस्था र समुदायबीचको सम्बन्ध सुदृढ हुने र स्वास्थ्य सेवा तथा गतिविधिहरूको माग सिर्जना हुने अपेक्षा गरिएको छ ।

त्यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरुलाई खोपको सुरक्षा र प्रभावकारिताबारे चेतना जगाउने र समुदायमा परिचालन गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरुलाई कोभिड १९ विरुद्ध खोप बारे तालिम दिइएको छ ।   तालिममा ५५ जना स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

कैलारीका चार वडामा कार्यक्रम सँचालन गरिने उक्त परियोजनाले कोभिडका कारण जागीर गुमाएर प्रवासबाट घर फर्केका दलित, सीमान्तकृतहरूको क्षमत बिकास र जिविकोपार्जनका लागि काम गर्ने परियोजना संयोजक लक्ष्मण चौधरीले  बताए ।

परियोजनाले स्वास्थ्य र कृषि क्षेत्रलाई जोडेर काम अघि बढाउने उदेश्य राखेको संयोजक चौधरीले बताए ।

 


ट्रेन्डिङ