धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

धनगढीमा ७ जना जुवाडे पक्राउ

धनगढीमा ७ जना जुवाडे पक्राउ

धनगढी । धनगढीमा ७ जना जुवाडे पक्राउ परेका छन् । शनिबार धनगढी उपमहानगरपालिका८ का ३६ वर्षीय टेकराज खनालको घरमा जुवातास खेलीरहेको अवस्थामा ७ जना पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा खनालसहित कैलालीको गौरीगंगा नगरपालिका१० का २६ वर्षीय भुमिराज चौधरी, सोही ठाउँका २५ वर्षीय अरबिन चौधरी, ३२ वर्षीय रमेश कठरिया, २८ वर्षीय ज्ञानेन्द्र कठायत, कैलारी गाउँपालिका८ का ३६ वर्षीय भिकराम चौधरी र सोही ठाउँका ३६ वर्षीय टेकबहादुर साउद रहेका छन् ।

उनीहरुलाई ४२ हजार ६२५ नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।