धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

जन्मदिनमा  व्यवसायी पौडेलद्धारा सहारा घरलाई सहयोग

जन्मदिनमा  व्यवसायी पौडेलद्धारा सहारा घरलाई सहयोग

धनगढी । आफ्नो जन्मदिनको उपलव्यमा गौरीगंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष  खेमानन्द पौडेलले बर्दगोरिया स्थित सहारा घरलाई  आवश्यक सामाग्री प्रदान गर्नुका साथै खाना खुवाएका छन् ।

 समाजसेवा समितिका अध्यक्ष समेत रहेका पौडेल आफ्ना बुवा आमा र श्रीमती सहित बर्दगोरिया  पुगेर  समाग्री हस्तान्तरण गरेका हुन् । पौडेलले ५० थान न्यानो कपडा, अन्य २५ थान,   सरसफाइको लागि आवश्यक पर्ने ट्वाइलेट क्लिनर भिरोफ ४ थान,   ट्वाइलेट व्रस ३ थान  सहयोग गरेका हुन् । पौडेलले १ शय २० जनाको लागि दिउँसोका खाजा  सहयोग समेत गरेका छन् ।

बर्षमा एक दिन त केही सामाजिक काम गरौ भनेर सहारा घरलाई सामाग्री हस्तान्तरण गरेको पौडेलले बताए ।  “सहयोग गर्ने कुनै योजना थिएन ।” पौडेलले भने “जन्म दिनको बिहानै केही सामाजिक काम त गर्नै पर्छ भन्ने लाग्यो । अनि सहारा घरलाई तुरुन्तै सहयोग गरे ।”

बर्षभरि आफुले काम गरेर कमाएकोबाट  कहिलेकाही सामाजिक काममा  खर्च गर्दा आवश्यकता भएकाहरुलाई ठुलो सहयोग पुग्ने भएकोले सहयोग गरेको पौडेलले बताए ।

 


ट्रेन्डिङ