धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज, जम्मा डिस्चार्ज संख्या ४ शय ९५

बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज, जम्मा डिस्चार्ज संख्या ४ शय ९५

धनगढी

  सुदुरपश्चिम प्रदेशमा बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका ( निको भएर घर फर्किएका ) छन् । यससँगै सुदुरपश्चिममा डिस्चार्ज हुने  कोरोना संक्रमितको संख्या  ४  शय ९५ भएको छ ।

  स्वास्थ्य निर्देशनलायका दिपायलका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालबाट ४ जना, महकाली अस्पतालबाट ९ जना, टीकापुर अस्पतालबाट २ जना र डोटी जिल्ला अस्पतालबाट १ जना निको भएर घर फर्र्किएका छन् ।

  मंगलबार टीकापुर अस्पतालबाट १ जना, महाकाली अस्पतालबाट ३ जना, अछामबाट १ जना, डोटीबाट १८ जना र डडेल्धुरबाट ६८ जना गरि ९१ जना डिस्चार्ज भएका थिए ।

    सुदुरपश्चिमममा अहिलेसम्म २ हजार ६ शय ११ जनामा कोरोना संक्रमण भएको छ ।


ट्रेन्डिङ