धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एमाले कैलालीको नेतृत्व चयनका लागि निर्वाचन शुरु

एमाले कैलालीको नेतृत्व चयनका लागि निर्वाचन शुरु
मतदान गर्दै सचिवका उम्मेदवार डेजी पाण्डेय

धनगढी । नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज (सोमबार) बिहान ८ बजेदेखि धनगढीमा मतदान शुरु भएको हो ।

 आइतबार साझ मतदान शुरु हुने निर्वाचन कार्यतालिका रहे पनि तयारी नपुगेको भन्दै नर्वाचन समितिले आज बिहानदेखि मतदान शुरु गरेको हो ।

कैलालीमा एमालेका साढे पाच शय मतदाता रहेका छन् ।

कैलालीमा  सभापतिका लागि बर्तमान सभापति रतन थापा र उपसभापति रण बहादुर चन्द  प्यानल सहित प्रतिस्पर्धा गर्दैछन् । सकभर निर्वाचन नगराउने केन्द्रको निर्देशनपछि  दुई दिनसम्म गरिएको सहमतिको प्रयास सफल नभएपछि  मतदानबाट नेतृत्व चयन हुन लागेको हो ।

  जिल्ला अध्यक्षका  दावेदार रहेका तीन  जना मध्य डेजी पाण्डेयले चन्दलाई समर्थन गरेपछि थापा र चन्द प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् । पाण्डेय चन्दको प्यानलबाट सचिवमा प्रतिस्पर्धा गरिरहेका छन् । चन्दको प्यानलबाट उपाध्यक्ष सीताराम बुढाथोकी, सचिव, डेजी पाण्डे, उपसचिव  लोकेन्द्र शाही र ममताप्रसाद चौधरी प्रतिस्पर्धा गर्दैछन् ।

थापा प्यानलबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर विक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेद्धवार रहेका छन् । उपाध्यक्षका उम्मेदवार जोशी वर्तमान उपसचिव पनि हुन् ।

   नेकपा बिगठनपछि एमालेमै रहेका माओवादीका पुर्व नेता लेखराज भट्टको थापालाई समर्थन रहेको छ  । थापाको प्यानलबाट सचिवमा प्रतिस्पर्धा गरिरहेका विक माओवादीबाट एकता प्रक्रियामा आएका हुन । विक अहिले पनि एमालेका सचिव छन् ।

 नेकपा एमालेको पोलिटब्युरो सदस्य नारदमुनि रानाको चन्द समुहलाई समर्थन रहेको छ ।

१२ पदको खुला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्लातर्फ १२ महिला   निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ ।

५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५–५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।

दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवारी छ । १ पदमा महिला निर्विरोध भएका छन् ।

मजदुरतर्फ पुरुष र महिला गरी ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपांगतातर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी परेको छ ।

 

 


ट्रेन्डिङ