धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बारामा मास्क नलगाउनेलाई शय रुपैया जरिवाना

काठमाण्डौं

    बारा जिल्लामा  घर बाहिर निस्कदा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको छ ।

  जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउने प्रत्येक व्यक्तिलाई असार १९ देखि एक शय रुपैयाँ जरिवाना गराउने भएको छ । 

   बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु  तथा पैदल यात्रीलाई समेत मास्क अनिवार्य गरिएको छ ।

   संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार प्रशासनले मास्क नलगाउनेलाई जरिवाना लगाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ३ दिन सचेतना अभियान चलाएपछि यो नियम लगाइने छ ।

   लकडाउन खुला भएको मौका छोपेर मानिसहरु मास्क नलगाई हिँड्न थालेपछि प्रशासनले यो कदम चालेको हो । कोरोना भाइरसका कारण बारामा दुई जनाको मृत्यु भएको छ भने १९ जना संक्रमित अहिले आइसोसनमा छन् । त्यसैगरी १९१ जना क्वारेन्टाइनमा छन् ।


ट्रेन्डिङ