धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बालुवा भित्र लुकाएर ल्याइएको सालको काठ बरामद

बालुवा भित्र लुकाएर ल्याइएको सालको काठ बरामद

धनगढी । बालुवा भित्र लुकाएर ल्याउँदै गरेको सालको काठ सहित ट्याक्टर र चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका –७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से.१ त. ८८६७ नम्बरको बालुवा बोकेको ट्र्याक्टरले बालुवा भित्र लुकाएर ल्उाँदै गरेको सालको काठ बरामद गरिएको हो ।

अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बालुवाभित्र लुकाई छिपाई ओसारपोसार गरिरहेको अवस्थामा ५५ थान सालको काठ (कडी) बरामद गरेको हो ।

काठ ओसार्न प्रयोग गरिएको ट्याक्टर र ट्याक्टरका चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरीया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ट्रेन्डिङ