धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

हायस दुर्घटना हुँदा १६ जना घाइते

हायस दुर्घटना हुँदा १६ जना घाइते

धनगढी । अत्तरिया स्थित पाठक पेट्रोल पम्प नजिकै हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक हायस दुर्घटना भएको हो ।

दुर्घटनामा परी हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी घाइते भएका छन् ।

यसैगरी रमेश जोशी र पुष्पा भट्ट घाइते भएका छन्। यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि दुर्घटनामा परी घाइते भएका छन् ।

घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य रहेको इलदाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।


ट्रेन्डिङ