धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

नवजीवनको दशौं  सेवा केन्द्र हसुलियामा सञ्चालन

नवजीवनको दशौं  सेवा केन्द्र हसुलियामा सञ्चालन

धनगढी । नेपालका ठुला सहकारी संस्थाहरुमध्ये एक र सूदुरपश्चिम प्रदेशकै सबै भन्दा ठूलो सहकारी संस्था नवजीवन सहकारी संस्थाले आफ्नो १० औं शाखा -सेवाकेन्द्र)) कैलारी गकाउपालिकाको हसुलिया बजारमा स्थापना गरेको छ ।

कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी र सहकारीका उपाध्यक्ष डा= गोविन्दराज जोशीले बिहीवार सयुक्त रुपले शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

बढ्दो कोभिडको जोखिमका कारण स्वास्थ्य  मापदण्ड अपनाई सेवाकेन्द्र उदेघाटन गरिएको थियो । सो अवसरमा संस्थाका सन्चालक एबम कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२०५० मा  स्थापना भएको नववजीनका सीमित बैकिङ कारोबारको अनुमति पाउने नेपालको पहिलो सहकारी हो ।


ट्रेन्डिङ