धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

४५ थान अवैध सालको काठसहित एकजना पक्राउ

४५ थान अवैध सालको काठसहित एकजना पक्राउ

धनगढी । कैलालीमा अवैध ४५ थान सालको काठसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरमा ओसार्दै गरेको ७ फिटे ४५ सालको काठ बरामद गरेको हो ।

सोल्टा चिसापानी सडक खण्डमा कसेनी बाट चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काठ ओसारपसार भइरहेको अवस्थामा ट्याक्टर सहित बरामद गरिएको प्रहरीले जनाएको छ । ट्याक्टरबाट २६ दशमलव २५ क्यु फिट काठ बरामद गरिएको हो । उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।


ट्रेन्डिङ