धनगढी । कैलालीका अगुवा महिला अभियानतालाई मनो सामाजिक परामर्श सम्बन्धी तालिम प्रदान गरिएको छ ।
फेडो कैलालीको आयोजनामा सञ्चालन गरिएको तालिममा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाका गरी २० जना महिलाको सहभागिता रहेको थियो ।
तालिम पछि सहभागि महिलाले मनो सामाजिक परामर्श धेरै उपयोगी रहेको बताएका छन् । ‘समाजमा काम गर्दा हामीमा डर र मनो वैज्ञानिक डर भइरहन्थ्यो,’ धनगढी–६ की कौशिल्या विकले भनिन्,’ ती समस्या समाधान गर्ने विधी हामी संग थिएन, जुन यो तालिमले प्रदान गरेको छ ।’
उनले फेडोका कारण आफु नेता भएको बताइन् । ‘समाजिक काम गर्ने सोच पहिला देखिनै भएपनि मैले हिम्मत गरेकि थिइन्,’ उनले भनिने, ‘तर फेडोले मलाई खोजि खोजि विभिन्न तालिममा सहभागि गरायो, जस्का कारण आज म नेता बनेकि छु, मेरो आत्मबल बढाउने फेडो नै हो ।’
गोदावरी नगरपालिकाकी राजुदेवि बिकले सामाजिक मुद्धामा सहभागि हुँदा आफ्नो प्रस्तुती राख्न समस्या भइरहने गरेको भन्दै तीन दिनको मनो सामाजिक परामर्सले अव आफ्ना कुरा राख्न सक्छु भन्ने आँट आएको बताइन् । ‘सामाजिक मुद्दामा काम गर्न जाँदै गर्दा मनमा धेरै राम्रा कुराहरु खेलिरहने गर्दथ्ये,’ उनले भनिन्,’ तर घरना स्थलमा पुग्दा आफ्ना कुरा राख्ने हिम्मत नै हुदैनथ्यो, यो तालिम पाएपछि आफ्ना कुरा कसरी राख्ने भन्ने बारेमा धेरै सिक्ने मौका पाएकि छु, सीकेका कुरालाई व्यवहारमा उतार्ने छु ।’
उनले फेडो संग जोडिएपछि आफ्नो जीवन शैली परिवर्तन भएको बताइन् । ‘फेडोकै कारण आज म सामाजिक अगुवा भएर काम गरिरहेकी छु,’ उनले भनिन्,’ यो अवसर दिएकोमा फेडोलाई धन्यवाद भन्न चाहन्छु ।’
बर्दगोरिया गाउँपालिकाकी गोमा भुलले तालिमले थप उर्जा प्राप्त भएको बताइन् । ‘होटेलमा बसेर नास्ता समेत खान नजान्ने हामीलाई फेडोले नेता बनाएको छ,’ उनले भनिन्, ‘मनो सामाजिक परामर्श पछि हामीमा थप निखारता आएको छ, अव सामाजिक क्षेत्रमा उच्च मनोबलका साथ काम गर्ने छौं ।’
दलित महिला संघ (फेडो) कैलालीका संयोजक विनोद घिमिरेले सामाजिक क्षेत्रमा कार्यरत अगुवा महिलालाई मानसिक रुपमा सक्षम बनाउन तालिमको आयोजना गरिएको बताए ।
‘फेडोले क्षमता अभिवृद्धि, नेतृत्व क्षमता अभिवृद्धि तथा राजनीतिक विषय र सामाजिक विषयमा विगत लामो समय देखि सामाजिक अभियानता महिलालाई तालिम, पुनर्ताजगि तालिम पर्दान गर्दै आएको छ,’ उनले भने, ‘ती अगुवा महिलालाई मानसिक रुपमा पनि सक्षम बनाउनु पर्दछ भन्ने उद्देश्यले यो तालिम प्रदान गरिएको हो, यसबाट अगुवा महिलाहरु थप समक्ष हुनेछन् भन्ने अपेक्षा गरिएको छ ।’ तालिम उद्घाटन सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदले गरेकिथिइन् ।