धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

क्वारेन्टाईन व्यवस्थापनका लागी खाद्यान्न सहयोग

क्वारेन्टाईन व्यवस्थापनका लागी खाद्यान्न सहयोग

डोटी

  सामुदायिक बिकास केन्द्र (सिडिसि) डोटीले डोटी जिल्लाका आदर्श र सायल गाउँपालिकाहरुलाई करिब २ लाख ५० हजार वरावरको खाद्यान्न राहत सामग्री बितरण गरेको छ । बिदेश तथा स्वदेश वाट आफ्नो गाउँ फर्की गाँउपालिकाको क्वारेन्टाईनमा बसिरहेका करिब २५० जनालाई पुग्ने गरी राहत बितरण गरियको सामुदायिक बिकास केन्द्र (सिडिसि ), डोटीका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।

   वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र सामुदायिक बिकास केन्द्रको संयुक्त साझदारिमा संचालित कोभर परियोजनाले गाउँ समुदायले सास्ती खेपिरहेका वेला र गाउँपालिकाहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेका बेला गाउँपालिकाको माग बमोजिम खाद्यान्न सामग्री बितरण गरेको हो । खाद्यान्न सामाग्रीहरु अन्तर्गत मसिनो चामल, दाल, नुन, तेल, चिनी, आलु र अन्डा बितरण गरियको छ ।

  आदर्श गाउँपालिकालाई करिव १ लाख र सायल गाउँपालिकालाई करिव १ लाख ५० हजार बरावरको खाद्यान्न बितरण गरियको अध्यक्ष जोशीले जानकारी दिए ।


ट्रेन्डिङ