धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीलाई १० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढीलाई १० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी । धनगढी उप–महानगरपालिकालाई १० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

बेस कैलाली र एल डब्लु आरले धनगढीलाई १२ लाख ७७ हजार ४ सय ७६ रुपैंया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कोरोना संक्रमणमा नगरवासीलाई सेवा प्रदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले स्वास्थय सामाग्री प्रदान गरिएको जनाइएको छ ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा २ हजार पिस एन्टिजेन किट, ३ सय पिस भीटिएम किट, ६ सय ६० पीपिई सेट, ९० प्याकेट सर्जिकल मास्क, एक सय जोडा ग्लोभ्स र आघा लिटरका दुर्य सय ६० तथा सय एलएलका ७ सय बोतल सेनिटाइजर रहेका छन् ।

स्वास्थ्य सामाग्री वेसका कार्यकारी निर्देशक चुर्ण चौधरीले धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडलाई हस्तान्रण गरेका हुन् ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले सवै संघ संस्थाको सहयोगका कारण कोरोना महामारी संग जुध्न सजिलो भएको बताए ।

‘धनगढी एक्लैले कोरोना महामारी संग ज्ट्न सजिलो थिएन,’ मेयर वडले भने, ‘यस्तो वेलामा सवैको सहयोग पाएका छौं, आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं ।’ मेयर वडले प्राप्त स्वास्थ्य सामाग्रीको सहि सदुपायोग गर्दै कोरोना संक्रमणलाई न्यूनीकरणमा लाग्ने बताए ।


ट्रेन्डिङ