धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गड्डाचौकी नाका सुचारु

गड्डाचौकी नाका सुचारु

धनगढी । भारतको उत्तराखण्ड प्रदेशमा भएको निर्वाचनका क्रममा बन्द गरिएको कञ्चनपुको गड्डाचौकी नाका सुचारु भएको छ । उत्रराखण्डमा निर्वाचन सकिएसँगै सोमबार साँझदेखि नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नाका खुला गरिएसँगै आवतजावत सुरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।

भारतको उत्तराखण्डसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका शुक्रबार साँझदेखि ७२ घण्टाका लागि नाका बन्द गरिएको थियो । गड्डा चौकी नाका संगै उत्तराखण्ड संग सीमाना जोडिएका बैतडी र दार्चुलाका नाका समेत ७२ घण्टाका लागि बन्द गरिएका थिए ।


ट्रेन्डिङ