धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रिकोभरद्धारा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

रिकोभरद्धारा प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

धनगढी ।  बेस र एलडब्लुआरले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्र सुदुरपश्चिमलाई चार लाख ३९ हजार रुपैयाको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।   कैलालीका तीन पालिकाहरुमा संचालनमा रहेको रिकोभर  परियोजना अन्तर्गत उनीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

 कोरोना संक्रमणमा सुदुरपश्चिमवासीलाई सेवा प्रदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले स्वास्थय सामाग्री प्रदान गरिएको जनाइएको छ ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा १ हजार  ५ शय पिस एन्टिजेन किट, ८ सय पिस भीटिएम, १ शय मेडिकल पीपिई सेट, ग्लोब्स ५५ जोडी,र ५ शय  एमएलका  सय बोतल सेनिटाइजर रहेका छन् ।

स्वास्थ्य सामाग्री बेस कैलालीका  संयोजक लक्ष्मण चौधरीले प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निमित्त प्रमुख लक्ष्मी कुमार श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन्   ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै श्रेष्ठले सवै संघ संस्थाको सहयोगका कारण कोरोना महामारी संग जुध्न सजिलो भएको बताए ।

 


ट्रेन्डिङ