धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढी, बैतडी उडान पुनः सुरुचारु हुने

धनगढी, बैतडी उडान पुनः सुरुचारु हुने

धनगढी । धनगढी देखि बैतडीको हवाई उडान पुनः सुरु हुने भएको छ ।

प्रतिकूल मौसमको कारण देखाउदै बन्द गरिएको हवाई उडान समिट एयरले शुक्रबारदेखि सुरु गर्ने जनाएको छ ।

गत पुस १६ गतेबाट बन्द भएको उडान फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए ।

मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए । हरेक शुक्रबार धनगढीबाट पाटनका लागि बिहान १० बजे र पाटनबाट धनगढीका लागि साढे १० बजे उडान हुने गरेको थियो ।


ट्रेन्डिङ