धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लायन्स क्लब ३२५ एनको गभर्नरमा सीबी चन्द निर्वाचित

लायन्स क्लब ३२५ एनको गभर्नरमा सीबी चन्द निर्वाचित

धनगढी  । लायन्स क्लब अफ इनटरनेशनल ३२५  एन को डिष्ट्रिक्ट गभर्नरमा सी. बी. चन्द निर्वाचित भएका छन् । लायन्स क्लब अफ इनटरनेशनल ३२५ बी २ को चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट  नयाँ बनेको डिष्ट्रिक्ट ३२५ एनको अध्यक्षमा  चन्द निर्वाचित भएका हुन् ।

महाधिवेशनबाट प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मुकुट ढकाल, द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा बिनोद कुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै  क्याबिनेट सेक्रेटरीमा गोबिन्द अधिकारी र क्याबिनेट कोषाध्यक्षमा खेमराज भट्ट निर्वाचित भएका हुन् ।

महाधिवेशनमा अनलाइनका माध्यमबाट मतदान गरिएको थियो ।

डिष्ट्रिक्ट ३२५ बी २ नेपाल चार डिष्ट्रिक्टमा बिभाजित भएको छ ।  राप्ती नदीबाट पश्चिमको ( साविकको मध्यपश्चिम र सुदुरपश्चिम ) सम्पुर्ण क्षेत्र र काठमाण्डौका केही क्लबहरु सहित लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एनको स्थापना भएको छ । 


ट्रेन्डिङ