धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

रिकोभरद्धारा धनगढीका २७४ किसानलाई बीउ बितरण

रिकोभरद्धारा धनगढीका २७४ किसानलाई बीउ बितरण

धनगढी ।  बेस कैलालीले धनगढी उपमहानगरपालिकाका २ शय ७४  किसानहरुलाई तरकारीका बीउ प्रदान गरेको छ । लुथरन वल्र्ड रिलिफको सहयोगमा  संचालित कोभिड १९ बाट प्रभावित समुदायको लागि पुनरोत्थान परियोजना (रिकोभर)   अन्तर्गत उनीहरुलाई बीउ  प्रदान गरिएको हो ।

 धनगढी वडा नम्बर १ का ५२ जना, वडा नम्बर १६ का २२ जना, वडा नम्बर १८ का ७५ जना र वडा नम्बर १२ का १ शय ४३५ जना किसानहरुलाई  परियोजना अधिकृत ममता लेखकले बताइन् ।

 परियोजना अधिकृत ममता लेखकका अनुसार जिविको पार्जनका लागि  बीउ किसानहरुलाई सहज जोस् भनेर  तरकारी खेतीका सात किसिमका बीउहरु प्रदान गरिएको  हो ।

 धनगढी उपमहानगरपालिकाका प्रवक्ता एवम वडा  नम्बर १ का अध्यक्ष सन्तोष मुडभरिले किसानहरुलाई बीउ हस्तान्तरण गरेका हुन् ।

   कोभिड १९ का कारण जागीर गुमाएर फर्किएका र कमजोर अवस्थाका बिपन्न, दलित र सीमान्तकृत समुदायको  क्षमता बिकास र जिविकोपार्जनका लागि रिकोभरले काम गरिरहेको छ ।

कैलालीको धनगढी, गोदावरी र कैलारी पालिकामा सँचालन भैरहेको उक्त परियोजनाले ३ हजार घरधुरीलाई प्रत्यक्ष लाभ पुरयाउने लक्ष्य लिएको छ ।


ट्रेन्डिङ