धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

घाँस काट्न गएकि युवति मृत भेटिइन्

घाँस काट्न गएकि युवति मृत भेटिइन्

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक युवति मृत फेला परेकिछन् । आइतबार घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ४० वर्षीया रबिना कठरिया स्थानीय जंगलमा मृत फेला परेकिहन् । माइती घर बस्दै आइरहेकी उनको शव घर नजिकैको जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय सुख्डका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए ।

पारिवारिक श्रोतका अनुसार ती युवति घाँस काट्न जंगल गएकिथिइन् । प्रहरीका अनुसार मृत अवस्थामा भेटिएकी ती युवतिको शरीरमा चोटपटक देखिएको छैन । शव परीक्षणका लागि टीकापुर अस्पताल पठाएको इप्रका सुख्खडका प्रहरी नायव उपरिक्षक शाहीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


ट्रेन्डिङ