धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

रिकोभरद्वारा दुई सय परिवारको स्वास्थ्य वीमा, खाद्यान्न तथा तरकारीको बीउँ वितरण

रिकोभरद्वारा दुई सय परिवारको स्वास्थ्य वीमा, खाद्यान्न तथा तरकारीको बीउँ वितरण

धनगढी । कोभिड–१९ बाट प्रभावित समुदायका लागि पुर्नउत्थान परियोजना -रिकोभर_ ले धनगढी उप–महानगरपालिकाका दुई सय  परिवारको निशुल्य स्वास्थ्य वीमा गर्नुका साथै दुई सय ७४ परिवारलाई तरकारीका वीउँ र १६ जना सुत्केरी महिलालाई प्रतिव्यक्ति ५ हजार मुल्य बराबरको खाद्य सामाग्री प्रदान गरेको छ ।

धनगढी उप–महानगरपालिका र वेसको सहकार्यमा सञ्चालित उक्त परियोजनाले धनगढी वडा नम्बर–१, १२, १६ र १८ का दुई सय परिवारको (नगद तीन हजार पाँचसय) सहित स्वास्थ्य वीमा गरेको परियोजनाकी स्वास्थ्य प्राबिधिक रिमा चौधरीले बताइन् । कोभिड–१९ बाट प्रभावित विपन्न, दलित मुक्तकमैंया परिवारको निशुल्क स्वास्थ्य वीमा गरिएको उनले बताइन् । कोभिडका कारण रोजगारी खोसिएको अवस्थामा रोगको उपचार गर्न सहजता दिलाउने उद्देश्यले ती नागरिको स्वास्थ्य वीमा गरिएको उनले बताए ।

त्यसैगरी सोही वडाका २७६ परिवारलाई रिकोभरले वसन्त ऋतुमा लगाइने तरकारी (भिण्डि, वोडी, लौका, कांक्रा, खुर्सानी) को वीउ वितरण गरिएको छ । रिकोभर परियोजनाका कृषि प्राबिधिक मनोज चौधरीका अनुसार कोभिड–१९ बाट प्रभावित परिवारलाई जीविको पार्जनमा सहजता दिलाउने उद्देश्यले तराकारीको वीउँ वितरण गरिएको हो ।

परियोजनाले धनगढी उप–महानगरपालिका भीत्रका १६ जना सुत्केरी महिलालाई ५ हजार मुल्य बराबरको खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ४५ दिन भित्रका १६ जना सुत्केरी महिलालाई चामल, दाल, तोरीको तेल, ध्यू, नुन, साबुन, वेबी पाउडर, कपडा, म्याक्सि, बलाङ्केट, अण्डा लगायतका सामाग्री वितरण गरिएको छ ।

सुत्केरी महिलालाई नियमित स्वास्थ्य परिक्षण गराउन, बालबालिकाकालाई नियमित खोप लगाउनका लागि अभिप्रेरणा जगाउने उद्देश्यले खाद्य तथा स्वास्थ्य सामाग्री वितरण गरिएको ममता लेखकले बताइन् । आगामी दिनमा पनि विपन्न नागरिकलाई सहयोग गरिने उनले बताइन् ।


ट्रेन्डिङ