धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सेतीमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुग्यो

अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको हो

सुदूरपश्चिममा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुग्यो

धनगढी

      सेती प्रादेशिक अस्पतालमा शुक्रबार राती उपचारका क्रममा मृत्यु भएकी एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की एक महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।

     मृगौला सम्बन्धी रोगबाट पीडित ति महिला डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन् । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । शुक्रबार राती उनको मृत्यु भएपछि कोरोना परिक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएको थियो । शनिवार दिउसो मृतक ति महिलामा कोरोना पुष्टि भएपछि सेती प्रादेशीक अस्पतालको डायलासिस वार्ड सिल गरीएको छ । यो संगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

    यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो ।


ट्रेन्डिङ