धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मओबादी केन्द्रको प्रदेश अध्यक्षमा रहरीराम चौधरी ‘उत्सव’ वीजयी

मओबादी केन्द्रको प्रदेश अध्यक्षमा रहरीराम चौधरी ‘उत्सव’ वीजयी

धनगढी । नेकपा माओबादी केन्द्रको सुदूरपश्तिम प्रदेश अध्यक्षमा हरीराम चौधरी उत्सव विजयी भएका छन् ।

प्रदेश अध्यक्षका लागि सोमबार भएको मतनादमा राष्ट्रियसभा सदसय समेत रहेका उत्सवले अर्का उम्मेदवार (प्रदेश उद्योग,प्रयटन वन तथा वातावरण मन्त्री) मानबहादुर धामी लाई पराजित गर्दै वीजय हाँशील गरेका हुन् ।

उत्सवले १ सय १४ मत पाएर विजयी हँदा अर्को उम्मेदवार धामी ९४ मत मात्रै पाएका थिए । यसैगरी प्रदेश उपाध्यक्षमा मान सिंह माल, रणबहादुर कुँवर र अक्कलबहादुर रावल विजयी भएका छन्  । प्रदेश उापधयक्षका लागि ७ जनाले उम्मेदवारी दिएका थिए ।

माओबादीको प्रदेश सचिवमा अमरसिंह चौधरीलाई पराजित गर्दै जनक बहादुर बुढा वीजयी भएका छन्, भने सह–सचिवमा रामबाहुर देवकर, नन्दबहादुर साउँद र अजिता श्रेष्ठ विजयी भएका छन् । सह–सचिवमा ५ जनाले उम्मेदवारी दिएका थिए । माओबादी केन्द्रको प्रदेश कोषाध्यक्षमा वीनीता विकलाई पराजित गर्दै कमल कुमार शाह विजयी भएका छन् ।

गत पुसमा भएको प्रदेश सम्मेलनले प्रदेश सदस्यहरुको चयन गरेको थियो । प्रदेश सदस्यहरु मध्यबाट नै पदाधिकारी चयन गरिने भए पनि सहमति हुन नसक्दा निर्वाचन भएको हो । 

प्रदेश समितिमा  एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एक जना कोषाध्यक्ष रहने  व्यवस्था  छ ।


ट्रेन्डिङ