धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

धनगढी–पोखरा उडान सुरु

धनगढी–पोखरा उडान सुरु

धनगढी । धनगढी स्थित गेटा विमानस्थलबाट बुधबार देखि पोखरा हवाई उडान सुरु हुने भएको छ ।

बुद्ध एयरले पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न लागेको हो । बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन् ।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदम विक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरे । उनका अनुसार नाटाले पहिलो उडानमा धनगढी आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम पनि राखेको छ ।


ट्रेन्डिङ