धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कांग्रेस कैलालीको निर्वाचन

सभापति चयनका लागि मतदान जारी

सभापति चयनका लागि मतदान जारी

धनगढी । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि दोश्रो चरणको मतदान जारी रहेको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि आज दोश्रो चरणमा मतदान भइरहेको छ । दोश्रो चरणमा प्रकाश वम र नारायणदत्त भट्ट विच प्रतिष्पर्धा भइरहेको छ ।

सभापति पदमा उम्मेदवारी दिएका संस्थापन इतर समुहका नेता रामबहादुर कलेल भने पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणमा भएको मतदानमा प्रकाश बमले १ हजार १६९ मत ल्याएका थिए भने, नारायणदत्त भट्टले  १ हजार ७२ मत ल्याउँदा रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए ।


ट्रेन्डिङ