धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कांग्रेस कैलालीको निर्वाचनः

मत गणना सुरु

मत गणना सुरु

धनगढी । नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि भएको दोश्रो चरणमा भएको मतदानको मत गणना सुरु भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि बिहीबार दोश्रो चरणमा मतदान एको थियो । दोश्रो चरणको मतदानमा २ हजार ४६७ मत खसेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदिले बताए । दोश्रो चरणमा प्रकाश वम र नारायणदत्त भट्ट वित प्रतिष्पर्धा भइरहेको छ ।

सभापति पदमा उम्मेदवारी दिएका संस्थापन इतर समुहका नेता रामबहादुर कलेल भने पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणमा भएको मतदानमा प्रकाश बमले १ हजार १६९ मत ल्याएका थिए भने, नारायणदत्त भट्टले  १ हजार ७२ मत ल्याउँदा रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए ।


ट्रेन्डिङ