धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछाममा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान

अछाममा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान

धनगढी । नेपाली काँग्रेस अछामले जिल्लाका सवै पालिामा लागु हुने गरी ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको छ । आइतबार सदरमुकाम मंगलसैनबाट कार्यक्रमको शुभारम्भ गरिने जनाइएको छ ।

आइतबार मंगलसैन नगरपालिकाबाट अभियान सुरु गर्दै ५ चैतमा तुर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका, ७ मा कमलबजार नगरपालिका र ८ मा पञ्चदेवल बिनायक नगरपालिकामा कार्यक्रम गरिने काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहले बताए ।

यसैगरी ९ चैतमा रामारोशन, १० मा बान्नीगढी जयगढ, ११ मा मेल्लेख , १२ मा चौरपाटी  गाउँपालिका र  १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने बताइएको छ ।


ट्रेन्डिङ