धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नवजीवनको अध्यक्षमा बमको अग्रता

नवजीवनको अध्यक्षमा बमको अग्रता

धनगढी ।  कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ । मतगणनाअनुसार अध्यक्षका उम्मेदवार देवबहादुर बमले अग्रता बढाएका छन् ।

३८०० मतगणना हुँदा बमले १९७७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार रतनबहादुर कठायतले १४५२ मत पाएका छन् । सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि हिजो मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।


ट्रेन्डिङ