धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

होलीमा उत्छृङखल कृयाकलाप नगर्न प्रहरीको आग्रह

होलीमा उत्छृङखल कृयाकलाप नगर्न प्रहरीको आग्रह

धनगढी ।  होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता उत्छृङखल क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।

सांस्कृतिक परम्पराको रक्षा गर्दै एक आपसमा मित्रता कायम गर्न आग्रह गर्दै प्रहरीले रमाइलो तथा मनोरञ्जनका नाममा उच्छृङ्खल तथा अपराधिक गतिविधि नगर्न सुझाव दिएको हो । होलिका नाममा उत्छृङखल कृयाकलाप गरेको पाइएमा कानून अनुसार कडा कारवाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ । साथै सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध पनि कारबाही हुने जनाइएको छ ।


ट्रेन्डिङ