धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

ह्याबिटेटद्धारा राजी समुदायलाई खाद्यान्न र हाइजिनिक कीट प्रदान

ह्याबिटेटद्धारा राजी समुदायलाई खाद्यान्न र हाइजिनिक कीट प्रदान

धनगढी ।     कैलालीको भजनी नगरपालिकामा राजी समुदायका लागि सुदुरपश्चिम प्रदेश सरकारद्धारा भैरहेको घर निर्माण कार्यमा योगदान पुरयाउने २५ राजी परिवारलाई हयाबिटेट नेपालले खाद्यान्न र हाइजिनिक कीट बितरण गरेको छ ।

 भजनी नगरपालिकका प्रमुख शेर बहादुर चौधरी र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भुमि व्यवस्था महाशाखाका प्रमुख धर्मराज ओझाले बुधबार राजी परिवारलाई खाद्यान्न र हाइजिनिक कीट प्रदान गरेका हुन् ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले  एकीकृत  मुख्यमन्त्री बस्ती बिकास कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा नम्बर ९ भुरुवामा  राजी समुदायका २५ घर निर्माण गरिरहेको छ । घर निर्माणका क्रममा लाभान्वित समुदायले २० प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।  

 राजी समुदाय उपेक्षित र दैनिक श्रमका आधारमा जीविकोपार्जनका कामा सक्रिउ भएकाले  घर निर्माणका गरेको योगदान स्वरुप खाद्यान्न र हाइजिनिक कीट प्रदान गरिएको ह्याबिटेट नेपाल पश्चिम फील्ड कार्यालय धनगढीका कार्यक्रम व्यवस्थापक पुनिता चौधरीले बताइन् । ह्याबिटेटले मेटलाइफ फाउण्डेशनको सहयोगमा खाद्यान्न बितरण गरेको हो ।

कार्यक्रम व्यवस्थापक  चौधरीका अनुसार कोभिडको बेलामा भएको घर निर्माणको काममा राजी समुदायका परिवारले घर निर्माणमा योगदान पुरयाएको र सो बेलामा उनीहरुले बाहिर काम नपाएका कारण खाद्यान्न सहयोग गरिएको हो ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरिरहेका भवन निर्माण कार्यको प्राविधिक र सामाजिक पक्षको कार्य ह्याबिटेट नेपालले  गरिरहेको छ ।

 २०७७ पुसमा बी एण्ड बी बिल्डर्सले  करोड १५ लाखमा दुई कोठे पक्की भवन निर्माण कार्य शुरु गरेको हो । भवनको डिजाइन ह्याबिटेट नेपालले गरेको हो । कोरोना र बर्षाका कारण समयमै काम सम्पन्न हुन नसकेको बताउदै बी एण्ड बी बिल्डर्सका प्रवन्ध निर्देशक जनक कुवरले यसै चैत महिनाभित्र निर्माण कार्य सम्पन्न भैसक्ने बताए ।

 सो अवसरमा भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरीले भवन निर्माण कार्यले राजी समुदायलाई बसोबासका लागि सहज हुने बताए । राजी समुदायका लागि आवश्यक थप घर र अरु सुविधा उपलव्ध गराउन आफनो पहल रहने मेयर चौधरीले बताए ।

 भुमि व्यवस्था महाशाखाका प्रमुख धर्मराज ओझाले राजी समुदायका लागि निर्माण भैरहेका घरहरु निर्माण भैसकेपछि थप सुविध उपलव्ध गराउन मन्त्रालय तयार रहेको बताए ।

हाल घर निर्माण भैरहेको जग्गाको लालपुर्जा नरहेकोले राजी समुदायलाई लालपुर्जा उपलव्ध गराउने आफुले पहल गर्ने महाशाखा प्रमुख ओझाले बताए ।  


ट्रेन्डिङ