धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

चाक्कु प्राहर गर्ने युवक पक्राउ

चाक्कु प्राहर गर्ने युवक पक्राउ

धनगढी । कैलालीको लम्कीमा चककु प्राहर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको लम्कीका युवकमाथि चक्कु प्रहार गरेको आरोपमा अर्का युवक पक्राउ परेका हुन् आइतबार दिउँसो विवादका क्रममा चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका का ३५ वर्षीय शेरबहादुर थापा घाइते भएका थिए

उनीमाथि चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायवउपरिक्षक वेदप्रकाश जोशीले बताए चक्कु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रबत्तला जोशीले बताए